किन अझै आएन टेलिकमको बहु प्रतिक्षित ‘नमस्ते क्रेडिट’ सापटी सेवा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 02:05:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले एक महिना भित्र सुरु गर्ने भनेको बहु प्रतिक्षित ‘नमस्ते क्रेडिट’ सेवा डेढ महिना हुन् लाग्दासम्म सुचारु हुन् सकेको छैन। टेलिकमले आफ्नो  १४ औंँ वार्षिकोत्सवको अवसरमा माघ २३ गते यो सेवाको सफ्ट लन्च गरेको थियो । तत्कालिन सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मोबाइलमा कुरा गर्दै यो सेवा सुरु गरेका थिए । त्यस समय नमस्ते क्रेडिट सेवाको व्यावसायिक सुरुवात  एक महिनाभित्र गरिने टेलिकमकी प्रबन्ध निर्देशक कामनी राजभण्डारीले बताएकि थिइन् । 

किन भयो त ढिलाई ? 

यस बारे टेलिकमका प्रबक्ता शोभन अधिकारीसंग जिज्ञासा राख्दा उनले अहिले नै ढिला भएको भन्न नमिल्ने बताए । उनले प्राविधिक काम चलिरहेकोले केहि दिन भित्रै यो सेवा सुचारु हुने जानकारी दिए । अन्तिम तयारीमा केहि समय लागेको भन्दै उनले अबको केहि दिनमै छिटो भन्दा छिटो सेवाग्रहीमाझ सेवासुचारु गर्ने उद्देश्य नेपाल टेलिकमले राखेको बताए ।

यस सेवा अन्तर्गत फोन गर्दागर्दै ब्यालेन्स सकिए पनि फोन काटिने छैन । तर त्यसको लागि ग्राहकले म यो सेवा लिन चाहन्छु भनेर आफ्नो मोबाइल नम्बर रजिस्टर गराउनु पर्ने हुन्छ । नम्बर रजिस्टर गरेपछि मात्र ग्राहकको पैसा सकिए पनि फोन काटिदैन । अर्थात् पैसा सकिना साथ टेलिकमले सापटी दिन्छ । यस्तो सापटी ग्राहकले अर्को पटक मोबाइल रिचार्ज गर्दा आफै काटिने छ । सापटीमा कुनै शुल्क भने लाग्ने छैन । 

टेलिकमले कति रुपियाँसम्म सापटी दिने छ भन्ने बारे प्रबक्ता अधिकारीले अहिले टुंगो लागि नसकेको बताए ।  यो सेवा प्रिपेड ग्राहक र सीडीएमए ग्राहकले मात्र पाउने छन् । पोस्टपेड ग्राहकले यो सेवा नपाउने भएका हुन् । 

निजि क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले भने धेरै अगाडी नै यस्तो सुबिधा ल्याई सकेको छ । तर एनसेलले सेवा प्रयोग गरे वापत ब्याज लिने गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved