सार्क-सीसीआई र ग्लोकल प्राइभेट लिमिटेडको बीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 05:34:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा, सार्क-सीसीआई र ग्लोकलले युवाहरूलाई  उद्यमशीलता र शिक्षामा अवसर  प्रदान गर्न र साझा सहयोग पुर्याउने उदेश्यले एमओयु  हस्ताक्षर गरेका छन् । 

सम्झौतामा सार्क-सीसीआई का अध्यक्ष  सुरज वैद्य र ग्लोकल  प्राइभेट लिमिटेडका कार्यकारी निदेशक आशिष ठाकुरले हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर-किशोरीलाई  ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क रास्ट्रहरुमा लैजानेछन्  ।१३ देखि १९ बर्षको किशोर-किशोरीहरुको लागी  ग्लोकल टीन हिरो एउटा  प्लेटफार्म हो जसले उनीहरुको  शुरुवात, सृजना र उत्साहलाई पहिचान गरेर सम्मान गर्दछ । 

ग्लोकल  प्राइभेट लिमिटेडका कार्यकारी निदेशक  आशिष ठाकुरले भने “ ग्लोकल टीन हिरो लाई सार्क रास्ट्रमा लगी रहेको बेला  । ग्लोकलमा, यो हाम्रो लागि एक महत्वपूर्ण क्षण हो । यो एमओयुले हामीलाई थप बल र सशक्तिकरण प्रदान गर्ने छ ।  

ग्लोकल  प्राइभेट लिमिटेड एउटा अनलाईन मिडिया, सीयसआर र ब्रान्ड कन्सलट्यंट रुपमा काम गरिरहेको छ । त्यो संगसंगै ग्लोकल अफ्टर स्कुलबाट  तालिम र विकासका लागी काम गरिन्छ र ग्लोकल टीन हिरो र ग्लोकल अन्तरास्ट्रिय कन्फरेन्स जस्ता बिभिन्न कार्यक्रमहरुबाट युवाहरुमा उधमशिलताको बिकाश गर्ने गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved