प्रहरीको मेसमा पुगेर गृहमन्त्रीले सोधे 'हामीलाई पनि खाना पुग्छ नि? पुग्ने भए ल्याउनुहोस्'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 12:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका छन्  ।  बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए । 

त्यसपछि उनी मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे । त्यहाँ खाना खाइरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए तर गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गरे । 

सो लगत्तै भान्सामा पुगी उनले, “हामी पनि यहीँ खाना खान्छौँं, खाना पुग्छ नि” भनेर प्रश्न गरे । उनको प्रश्नबाट अकमकिएका प्रहरीले शुरुमा त विश्वास मानेनन् । ‘पुग्छ हजुर’ भनेर जवाफ दिए । “त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस्” भन्दै गृहमन्त्री थापा खाना खाइरहेका प्रहरी जवानसँगै बसेर खाना खाए । 

दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो । गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् । 

सो अवसरमा उनले जनताको जिउ, धनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न वृत्तका प्रहरीलाई निर्देशन दिए । 

सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभेद् रहेकोबारे आफू जानकार रहेको बताउँदै गृहमन्त्री थापाले त्यो असमानता हटाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved