इपीसएस परीक्षाको आवेदन भोलीदेखि खुल्ने, हेर्नुस कहाँ गएर कसरी भर्ने, के के चाहिन्छ कागजात

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2018 | 12:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीका लागि कोरिया जान चाहनेका लागि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको लागि आवेदन लिने सबै तयारी सकिएको जनाएको छ । 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले भोलिदेखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । ईपीएस नेपालको वेवसाइटबाट अनलाइन माफृत आवेदन दिन सकिनेछ । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने१२ हजारले मात्रै पोखराबाट र अरु सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । 

आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुलक ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ । यसपटक कुल ७ हजार १ सय जना उत्तीर्ण गर्ने योजना रहेको ईपीएस कोरिया शाखाले जनाएको छ । ४ हजार ८ सय उत्पादनमुलक क्षेत्रमा र २ हजार ३ सय कृषि क्षेत्रमा कोटा निर्धारण गरिएको ईपीएस शाखाले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved