मन्त्रीहरुबीच काम भन्दा 'बिज्ञापन' को होडबाजी, बिना मगरले गरिन दुई 'असाधारण' घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 21, 2018 | 06:49:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीका मन्त्रीहरुबीच आफ्नो 'बिज्ञापन' गर्ने प्रतिस्पर्धा नै चलेको छ। सर्वसाधारणको नजरमा पर्नका लागि भएपनि मन्त्रीहरुले स्टन्ट वा भाषणको सहयोग लिने क्रम बढिरहेको छ। 

उर्जामंत्रीको जिम्मेवारी पाएका बर्षमान पुनको 'हाइड्रोका शेयर भएकालाई खोजि खोजि ज्वाई बनाउने दिन ल्याउँछु' भन्ने भनाईदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको श्रम तथा बैदेशिक रोजगारीको सम्बन्धमा बदमासी गर्ने एमालेकै कार्यकर्ता भएपनि नछाड्ने भनाईले बजारमा चर्चा पाएका छन। 

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाईएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा/सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएर चर्चामा छन। 'स्वेच्छिक अवकाश त केबल शारिरिक अशक्तता र मानसिक रुपमा अक्षमतालाई मात्रै दिईन्छ' भन्ने उनको विवादास्पद भनाईकै कारण मन्त्री पण्डित चर्चामा छन। 

त्यसैगरि कामै नगरी बोलेरै भएपनि चर्चा कमाउने मन्त्रीको सुचिमा खानेपानी तथा सरसफाईमन्त्री बनेकी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल बुहारी बिना मगर पनि थपिएकी छिन। 

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री बिना मगरका तीन असाधारण घोषणा अहिले चर्चाको बिषय बनेको छ। उनले दशौँ बर्षयता देखि अनिश्चित रहेको मेलम्चीको पानि दशैँ अघि नै काठमाडौंवासीलाई खुवाउँछु भनेर नयां 'स्टन्ट' गरेकी छिन। त्यस्तै अहिलेसम्म करोडौं डलर बगाएर पनि राम्रोसंग पानि नबगेको बागमतीमा आफ्नै कार्यकालमा ¥याफ्टिङ र स्विमिङ गर्ने वातावरण बनाउँछु भन्ने उनको घोषणा झनै अचम्मको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved