प्रधानमन्त्री कार्यालय मातहत पाँच वटा समिति राख्ने मन्त्रिपरिषद् निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 21, 2018 | 07:16:45 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयका कर्मचारीको कटौती हुने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको सचिवालयमा कटौती गर्ने निर्णय गरेको हो। 

प्रधानमन्त्री सचिवालयको संख्या घटाएर २७/२८ कायम गर्ने निर्णय भएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकूल बाँस्कोटाले जानकरी दिए। प्रधानमन्त्रीले आफ्नो सचिवालयमा सल्लाहकार, विज्ञसहित ४७ जनासम्म राख्न सक्ने व्यवस्था छ। 

त्यस्तै प्रधानमन्त्री कार्यालय मातहत पाँच वटा समिति राख्ने निर्णय पनि बैठकले गरेको छ। सामाजिक, राजनीतिक, आर्थिक तथा पूर्वाधार, प्रशासकीय र विधेयक समिति राख्ने निर्णय गरेको हो।

राज्यमन्त्री बाँस्कोटाले मुख्यमन्त्रीहरूसँग छलफल लामो चलेका कारण मन्त्रिपरिषद् बैठकमा धेरै विषयमा छलफल हुन नसकेको बताए। छिट्टै अर्को बैठक बसेर अन्य प्रशासनिक बिषयमा निर्णय लिईने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved