औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुदै, चिउरा कुट्नेदेखि हाते कागज बनाउने बिधि हेर्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 09:03:22 AM मा प्रकाशित

laxmi  sunrise bank

घरेलु तथा साना उद्योग विकास समितिले २९औ राष्ट्रिय औद्योगिक वस्तु तथा  प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु,घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम गर्ने भएको छ । “स्वदेशी वस्तु उपयोग गरौं,समृद्धि तर्फ अघि बढौं” भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो प्रदर्शनी यहि चैत्र ९ गते देखि १३ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा हुने छ । 

कार्यक्रमको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  समितिका कार्यकारी निर्देशक नविन कुमार झाले प्रदर्शनीमा ७७ जिल्लाका उद्यमीले उत्पादन गरेका सामानहरु प्रदर्शनीमा राखिने जानकारी दिएका छन् । ७७ वटै जिल्लाबाट २÷२  जनाले सहभागी हुन पाउने व्यवस्था समितिले गरेको छ । काठमाडौं बाहेक अन्य जील्लाका सहभागी उद्यमीहरुलाई आवतजावत व्यवस्था पनि रहेको समितिले जानकारी दिएको छ ।

प्रदर्शनीमा ३०० वटा स्टल रहने छन् जहाँ नेपालभरि उत्पादन भएका सामाग्रीहरु प्रदर्शन गरिने छ । प्रदर्शनीमा सहभागीहरुका लागी सर्वाेत्कृष्ट,उत्कृष्ट,विशेष पुरस्कार द्धितिय र सान्त्वना पुरस्कार वितरण हुने छ । प्राकृतिक रेसावाट उत्पादित कपडा र वस्तुहरु,मिथिला आर्ट,लालीगुँरास,जुनार र वेलको जुस,ईलामको चिया, उपत्यकाको हस्तकला, छालाको जुत्ता र टोखाको चाकु,बिभिन्न जनजाति र जनसमुदायका पहिरनसँग सम्वन्धित वस्तुहरु कृषि उद्यम व्यवसायहरु लगाएत प्रदर्शनीमा राखिने छ ।

प्रदर्शनी अवधिभर आयातकर्ता,निर्यातकर्ता,उद्योगी,व्यापारी बिदेशी पर्यटक लगाएत सर्वसाधारणले अवलोकन गर्नेछन् । प्रवेश शुल्क नराखिएको हुँदा ५ लाख दर्शकले अवलोकन गर्ने र ८ करोड रुपैंया वरावरको कारोवार हुने आंकलन समितिले गरेको छ ।

लघु,घरेलु तथा साना उद्यमीहरुवाट उत्पादित वस्तुहरुलाई राष्ट्रिय तथा अन्राष्ट्रिय स्तरमा चिनाउने, बजार प्रवद्र्धन तथा रोजगारी वृद्धि गराउने घरेलु तथा साना उद्योग विकास समितिको उद्धेश्य रहेको छ । नेपाली उत्पादनलाई कसरी वृद्धि गराउने, साना तथा घरेलु उद्योगलाई कसरी व्यवस्थित गराउने लगाएतका विषयमा १०,११,र १२ गते अन्तरक्रियात्मक कार्यक्रम पनि प्रदर्शनिमा गरिने छ । 

यसका साथै   विभिन्न समानहरु प्रदर्शनी स्थल मै बनाएर देखाईने आयोजकले जनाएको छ  । प्रदर्शनी स्थल मै अवलोकनकर्ताले हाते तान बाट ढाका बुन्ने बिधि, स्विटर बुन्ने बिधि, चिउरा कुट्ने बिधि, माटाको भाडो बनाउने बिधि, हाते कागज बनाउने बिधि, रेशम उत्पादन  लगायतका प्रविधि हेर्न र सिक्न सक्ने छन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved