प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण तय, कुन देश जाँदैछन् त ओली

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2018 | 10:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण तय भएको छ । ओली चैत २३ गतेदेखि २५ गतेसम्ममा आफ्नो पहिलो विदेश भ्रमणका रुपमा भारत जाने भएका हुन् । 

अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्र मन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् । ओली दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले ओलीलाई बधाई दिन भन्दै भारतीय विदेश मन्त्री शुष्मा स्वराजलाई विशेष दुतका रुपमा नेपाल पठाएका थिए । मोदीले तीनपटक फोनबाट र औपचारिक पत्र मार्फत नै ओलीलाई भारत भ्रमणको निम्तो दिईसकेका छन् । 

दूतावासका अनुसार प्रधानमन्त्रीको पहिलो भ्रमण भारत नै हुने र त्यसको तयारी भईरहेको छ । ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेपनि नेपालले भने एक दिन पहिला अर्थात चैत्र २३ देखी २५ गतेसम्म हुनेगरी जवाफ फर्काएको छ । भारतले ओलीको अनुकुल हुने गरि चैत २३ देखी २५ मा सहमति जनाएको छ । यो भ्रमण पनि राजकीय भ्रमण हुने बताईएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved