पर्यटन पत्रकारहरुले पर्यटनमन्त्रीलाई भने नेपाललाई वाईफाई फ्रि कन्ट्री बनाउँ

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2018 | 04:35:47 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पु¥याउने गरी कार्ययोजना तयार भईरहेको बताएका छन् । 

पर्यटन पत्रकार संघ (जाट–नेपाल) का प्रतिनिधिमण्डलसँग बिहीबार मन्त्रालयमा भएको भेटमा पर्यटनमन्त्री अधिकारीले जीडीपीमा अहिले पर्यटनको योगदान साँढे तीन रहेकोमा अब बढाएर २५ प्रतिशत पु¥याउने गरी आफूले योजना बनाईरहेको बताए छन् । उनले पर्यटन विश्वविद्यालयको स्थापना गर्न आफू लागिपरेको पनि भन्दै यस अभियानमा रचनात्मक सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे । 

भेटमा जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले पर्यटन मन्त्री अधिकारीलाई ज्ञापनपत्र मार्फत धार्मिक पर्यटन, कला संस्कृतिलाई जोड दिंदै मौलिक पर्यटकीय गन्तव्यहरुको विकासमा ध्यान दिन आग्रह गरे । पत्रकारहरुबीच प्रवद्र्धनात्मक कार्यक्रमका रुपमा ’जे टू जे’ सम्मेलन गर्ने सोचमा आफूहरु रहेको र त्यसमा सहयोग गर्न मन्त्री अधिकारीलाई आग्रह गरे । पर्यटक नेपाल आउँदा नेपालको सुन्दरता प्रस्तुत गरेर अरुलाई आकर्षित पार्ने माध्यम प्रविधि भएको भन्दै भण्डारीले पर्यटन विकासलाई सुविधा पु¥याउने हिसाबले ’वाईफाई फ्रि कन्ट्री’ को रुपमा नेपाललाई विकास गर्नुपर्ने विषयमा ज्ञापनपत्रमार्फत मन्त्री अधिकारीको ध्यानाकर्षण गराए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved