कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन बर्ष २०७५ सुरु गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 23, 2018 | 09:21:45 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली क्षेत्रको पर्यटकीय क्षेत्रलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन बर्ष २०७५ सुरु गर्ने भएको छ । २०७५ वैशाख १ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीले यस अभियानको उद्घाटन मुगुको रारामा गर्ने छन्।

वार्षिक ५ लाख पर्यटन भित्र्याउने उद्धेश्यका साथ सुरु गर्न लागीएको यस कार्यक्रममा विशेषत: स्थानिय स्तरमै उत्पादित खाद्यान्नको स्वाद लिन सकिने छ । यसैगरि कर्णाली नदिमा ¥याफ्टिङदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा प्याराग्लाइडिङ पनि सञ्चालन गरिने भएको छ । मुगुको रारा ताल,रारा राष्ट्रिय निकुञ्ज,डोल्पाको शेगुम्बा र  फोक्सुन्डो ताल,सुर्खेतको काँक्रेविहार , कालीकोटको हाल्जी गुम्बा,खापुनाथदेखि मानसोवर कैलासको पैदल यात्रा, विश्वकै अग्लो स्थानमा रहेको छाँयानाथ, नेपालका विभिन्न जातिका ३२ थरको उद्गमस्थल लगायतका प्रमुख पर्यटकिय सम्पदाहरु कर्णाली क्षेत्रको आकर्षण हुन् ।

कर्णाली प्रदेश सरकारले गर्न लागेको यस कार्यक्रमको उद्धेश्य भने कर्णाली क्षेत्रलाई आर्थिक रुपमा सम्वृद्ध बनाउने,कर्णालीको इतिहासलाई बाहिर ल्याउने, भाषा,धर्म,सभ्यता,संस्कृतिलाई उजागर गर्ने रहेको छ । साथै कर्णाली क्षेत्रलाई अर्गानिक खाद्य उत्पादन क्षेत्र बनाउने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने सोचका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved