चन्द्रागिरीबारे अमेरिकी र फ्रान्सेली दुतावासको आ-आफ्नै दाबी, जीएम शाह भन्छन' 'अचम्मित भयौं'

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 23, 2018 | 02:09:50 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी क्षेत्र नेपालको निकै चर्चित पर्यटकीय क्षेत्र हो । झण्डै २ वर्षदेखी सञ्चालनमा रहेको चन्द्रागिरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य समेत बनेको छ। काठमाडौँ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको लागि घुम्न जानै पर्ने पर्यटन स्थलको रुपमा बिकसित भईरहेको छ चन्द्रागिरी।

पर्यटन नगरी काठमाडौंको सुन्दरता र पर्यटन स्थलको अर्को गरिमाको रुपमा परिचित चन्द्रागिरी हिल्सले पर्यटकलाई लोभ्याउने काम मात्र गरेको छैन।  यसले केहि सयलाई रोजगारी प्रदान गरेको छ भने राज्यलाई लाखौँ कर समेत तिरेको छ। 

चन्द्रागिरी  हिलमा केवलकार संचालन प्रक्रिया र जग्गा अधिकरण सम्बन्धमा देखिएका केहि विवादबाद चन्द्रागिरी हिल्सले आन्तरिक पर्यटकलाई मात्र नभई बिदेशी पर्यटकलाई समेत लोभ्याएको छ। 

तर केही दिन अघि काठमाडौंस्थित अमेरिकी दूतावासले एकाएक ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई चन्द्रागिरी हिल्स केवलकारअसुरक्षित रहेको भन्दै त्यस क्षेत्रको भ्रमण नगर्न भनेपछि सबैको ध्यान अहिले त्यतातिर खिचिएको छ । अमेरिकी दूतावासले  मार्च १६ मा ट्राभल एड्भाइजरी जारी गर्दै  आफ्ना देशबाट नेपाल घुम आउने नागरिकलाई चन्द्रागिरी घुम्दा सचेत रहनु गरेको आग्रहले समग्र नेपालको पर्यटन क्षेत्रलाई नै तरंगित बनाएको छ। 

 तर त्यसको एक सातापछि नेपालस्थित अर्को कूटनीतिक नियोगले त्यसको प्रतिवाद गरेको छ । अमेरिकी दूतावासको ट्राभल एड्भाइजरीलाई संकेत गर्दै काठमाडौंस्थित फ्रान्सेली दूतावासले नेपाल विदेशी पर्यटकहरुका लागि खतरामुक्त रहेको बताएको हो । नेपालको कुनैपनि भु–भाग असुरक्षित नरहेको भन्दै फ्रान्सेली दूतावासले नेपालको सबै क्षेत्र घुम्न आग्रह गरेको छ । 

नेपाल स्थित अमेरिकी दुतावासले चन्द्रागिरिलाई लक्षित गरि जारि गरेको ट्राभल एड्भाइजरीले चन्द्रागिरीलाई मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रमाथि नै प्रश्न उठाएको छ। झट्ट सुन्दा चन्द्रागिरिलाई लक्षित गरेको जस्तो देखिएपनि चन्द्रागिरि जस्तो व्यवस्थित पर्यटनको गन्तब्यलाई लक्षित गरिनुले निसेंदह यसमा अमेरिकाको स्वार्थ लुकेको देखिन्छ। 

काठमाडौँ बसेर पढ्दै गरेका विद्यार्थीको घुमफिरको आकर्षक गन्तव्य हो चन्द्रागिरी । एकपटक त्यहाँ गएर फर्केका विद्यार्थीहरु घण्टौसम्म चन्द्रागिरीको विशेषताको प्रवचन दिएर थाक्दैनन् । तर अमेरिका जस्तो मूलुकले किन ट्राभल एड्भाइजरी जारी गर्यो त ? यो अहिले चर्चाको विषय बनेको छ ।

अमेरिकी दुतावासले ट्राभल एड्भाइजरी जारी गरेको विषयमा आफू अच्चमित भएको बताउँछन चन्द्रागिरी केवलकार हिल्सका कार्यकारी निर्देशक अभिषेक विक्रम शाह । “यो विषयमा केही पनि थाहा छैन, बुधबार पर्यटनमन्त्री रविन्द्र अधिकारी ज्यूलाई हामीले यस क्षेत्रको बारेमा स्थलगत अनुगमन गरायौँ, उहाँले पनि आनन्द लिनुभयो, यात्रा व्यवस्थित र सुरक्षित रहेको भनेर प्रशंसा गर्नुभयो अब हामीले त हाम्रो सरकारको बोलीमा विश्वासमा गर्नुपर्यो  नि हैन र, विदेशी कुटनीतिक नियोगले द्वन्द्वका समयमा जस्तो ट्राभल एड्भाइजरी किन जारी गर्नुपर्यो ?” उनले भने ।

“हामीलाई स्थानीयले प्रोत्साहन गर्नुभएको छ, हामीले विदेशीलाई अझ बढी स्वागत सत्कार गरेका छौँ, सबैलाई सन्तुष्ट बनाएका छौँ, विदेशी पर्यटकको संख्या दिनदिनै बढेको छ, सेवा दिएका छौँ, कसैलाई दुव्र्यबहार गरेका छैनौ । यति संवेदनशिल भएर काम गर्दापनि टुरिष्ट सिजनमा यसरी ट्राभल एड्भाइजरी जारी गर्छ कुनै कुटनीतिक नियोग भने हामी के नै भन्न सक्छौँ र ?” शाहले दुख व्यक्त गर्दै भने “प्रहरीले पनि यहाँको चापलाई ध्यानमा राखेर काम गरेको छ, कतैबाट असुरक्षाको महशुस हुन दिन्न भनिरहेकै छ, चलेदेखी अहिलेसम्म बन्द छैन, २ वर्ष पुग्न लाग्यो” उनले थपे । 

बिदेशी स्कुल, काठमाडौंका निजी व्यवसायीलाई अपहरण र भौतिक कारवाहीको धम्की दिनेहरुबाटै चन्द्रागिरी हिल्स असुरक्षित रहेको अमेरिकी दूतावासले जनाएको छ । तर चन्द्रागिरी केवलकार हिल्सका कार्यकारी निर्देशक शाह भने पर्यटकलाई कुनै असुरक्षा नरहेको भन्दै आश्वस्त पार्न चाहान्छन् । “पर्यटकिय क्षेत्रको रुपमा बिकास भएको छ, धेरैको घुमफिरको केन्द्र बनेको छ, हामी सुरक्षित छौँ कसैले भनेको भरमा डराउनुपर्ने र चन्द्रागिरी नआउनुपर्ने कारण छैन निर्धक्क घुम्न सकिन्छ” उनले भने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved