नेपालमा दैनिक २५ देखि ३० पटकसम्म भूकम्प

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 23, 2018 | 02:53:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । 

गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला गरी ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा माथीका ४ सय ९१ पराकम्प रहेका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखा लगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्प जाने गरेको बताए । 

हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ । केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved