अन्तराष्ट्रिय समुदायलाई चेतवानी दिदै ओलीले भने ‘ईयुले प्रतिवेदन तत्काल सच्याओस’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 25, 2018 | 02:25:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक र संवैधानिक ब्यवस्थालाई कम नसोच्न चेतावनी दिएका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले तयार पारेको प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको प्रतिवेदन लोकार्पण गर्दै आज प्रधानमन्त्री ओलीले इयूले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह गरे । प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पठाएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु गलत भएको बताए ।  

‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ प्रधानमन्त्री ओलीले भने । ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १÷२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्क्छन् ?’ भन्दै प्रश्न गरे । उनले नेपाली गरिब छन् भनेर हेप्न र जे गरे पनि हुन्छ भन्ने मानसिकता त्याग्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे । ‘नेपालमा मतदाता सचेत छन्, ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखांउदै मतदान गरे’ प्रधानमन्त्री ओलीले भने । ‘केही मत बदर भयो, तर मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान हो’ उनको भनाई । 

निर्वाचन आयोगप्रति लक्षित गर्दै प्रधानमन्त्रीले ‘कसैको दबाबमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम ग¥यो यस्ता काम भविष्यमा दोहोरिनु हुदैन’ भने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved