यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका दर्जन निर्णय

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 01:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बसेको मन्त्री परिषद् बैठक सकिएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको छ । 

आगामी चैत्र १५ गते अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने र सो बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेभएकी छिन् । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले पहिलो पटक संसदमा सम्बोधन गर्ने भएकी हुन् । 

यसैबीच आजको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बारा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेर पराजित भएका मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । राज्यमन्त्री बाँस्कोटाका अनुसार घर बहालमा दोहोरो कर नलगाउने, रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विस्फोट र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय भएको छ । यसैगरी, बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको विषयले भने सोमबारको मन्त्रिपरिषद बैठकमा प्रवेश नपाएको उनले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved