विश्वस्तरीय वल्र्ड स्कुल काठमाडौँमा खुल्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 03:14:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय स्तरको वल्र्ड स्कुल काठमाडौँमा सञ्चालनमा आउने भएको छ । सुविधा सम्पन्न विद्यालय भवन, सुरक्षित एवम् उपयुक्त शैक्षिक वातावरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाजिक तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले राजधानीमा वल्र्ड स्कुल सञ्चालनमा आउन लागेको हो । 

काठमाडौ वल्र्ड स्कुल भक्तपुर, सूर्यविनायक नगरपालिका–७, गुन्डुमा करीब ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । स्कुलको सम्पूर्ण निर्माण कार्य पूरा भएपछि करिब १ हजार २ सय विद्यार्थीले उक्त स्कुलमा अध्ययन गर्ने र ३ सय ८० छात्र र छात्राहरूले आवास गृहको समेत उपभोग गर्न पाउने स्कुलले जनाएको छ ।

स्कुलका अनुसार स्वीमिङ पुल सहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दा बढी विभिन्न अतिरिक्त क्रियाकलापहरू जस्तै नृत्य, संगीत, मार्सल आर्टस, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपपोस कोर्ट, फुटसल, आदिको सुविधा रहनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved