मृतकको सम्झनामा दिप प्रज्वलन गर्दै मन्त्री अधिकारीले भने 'हवाई सुरक्षा प्राथमिकतामा छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 04:54:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 फागुन २८ गते भएको यु.एस बगंला दुर्घटनामा परि मृत्यु भएका दिवंगत आत्माको चिर शान्तिको कामना स्वरुप चारुमति बुद्धिष्ट मिसन नेपालले दिप प्रज्वलन कार्यक्रम गरेको छ  । मिसनले आइतबार दिप प्रज्वलन तथा मृतकको फोटोमा माल्यार्पण गरी मृतकको चिर शान्तिको कामना गरेको हो । 

 कार्यक्रममा बंगलादेशका राजदुत, पर्यटन मन्त्री  मृतकका परिवार ,सरकारी स्तरका कर्मचारीहरु,सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका कर्मचारीहरु लगाएत बिभिन्न धार्मिृक गुरुहरु,राजनितिक तथा सामाजीक विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पर्यटन मन्त्री रविन्द्र अधिकारीले मृतकहरुप्रति चिर आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलन साथै पुष्प गुच्छा अर्पन गरे ।   मन्त्री अधिकारीले मृतकका परिवारलाई सान्त्वना दिदै हवाई सुरक्षा आफ्नो सरकारको मुख्य विषय हुने प्रतिबद्दता जनाए । उनले भने '   हवाई सुरक्षामा कुनैपनि कमी हुन नदिन हामी निरन्तर लागी परिरहने छौं ।'


यसैगरि चारुमति बुद्धिष्ट मिसन नेपालले बिश्वमा शान्ति स्थापना गर्ने उद्धेश्यका साथ वैशाख १ गतेका दिन बिश्व साँस्कृतिक शान्ति पद यात्राको आयोजना पनि गरेको छ । पनौति देखि नमोबुद्धसम्म करिव ९ किलोमिटरको दुरीमा पद यात्रा गरिने छ । साथै सोहि दिन हवाई दुर्घटनामा मृत्यु भएकाहरुको स्मरणमा बृक्षारोपण कार्यक्रम पनि रहेको कार्यक्रम संयोजक राज्यलक्ष्मी शाक्यले जानकारी दिईन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved