भारत जान लागेका प्रधानमन्त्री ओलीलाई दर्जन बढी सुझाव

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 03:00:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण उपलब्धिमूलक हुने बताएका छन् । प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपालमा लगानी गर्नेबारे थोरै विषयमा धेरै महत्वपूर्ण उपलब्धि हाँसिल गर्नेगरि कुरा गर्ने बताएका हुन् । 

नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य समेत रहेका डा. भट्टराईले भने,‘सरकारले आवश्यक गृहकार्य थालिसकेको छ, भारतसँग हामीले खास गरेर पूर्वाधार विकासमा जोड दिएका छौं, यसैगरि हवाई, विद्युत, जलस्रोत, कृषि सम्बन्धी जोडिएका विषयमा पनि कुरा हुन्छ, प्रधानमन्त्रीको दृष्टिकोणपनि धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वपूर्ण विषयमा मात्रै कुरा राख्ने रहेको छ, समयसिमा भित्रै आयोजनाहरु सम्पन्न गर्न विशेष केन्द्रित रहेर कुराकानी हुन्छ ।’

यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा लगानीको विषयमा विशेष कुरा हुने विश्वास दिलाए । उनले भने, ‘आजको दिनसम्म हेर्दा, नेपालमा भारत र चीनको बढि लगानी छ, अब पनि हामीले लगानीमा जोड दिनुको साथै लगानी कुन क्षेत्रमा कसरी ल्याउने भन्ने बारेमा नै विशेष महत्व दिनुपर्छ ।’

यसैगरी पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिए । कलकता र विसखापटन बन्दरगाहा निर्वाद रुपमा चल्नुपर्ने शर्माको भनाई थियो । लगानी भन्ने कुरा पानीजस्तै भएकोले आगामी दिनमा नेपालले उद्योग, कलकारखाना खोल्न र सञ्चालनको लागि कम्प्युटराईज्ड गर्नतिर ध्यान दिनुपर्ने उनको सुझाव छ । उनले भने, ‘नेपालबाट निर्यात १ रुपैयाँको हुँदा आयात १४ रुपैयाँको छ, अब हामीले निर्यात बढाउनुपर्छ ।’ 

नेपालको आर्थिक वृद्धिदरको आधार नै कषि, जलस्रोत, पर्यटन भएकोले सरकारले यही अनुसार आफ्ना प्राथमिकताहरु अघि बढाउनुपर्ने सुझाव दिए । उनले नेपालले आगामी चार वर्षभित्रै नीजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाईसक्नुपर्ने बताए । शर्माले मुलुक संघीय संरचनामा गएकोले खर्च ३ सय देखि ३ सय ५० अर्बसम्म प्रत्येक वर्ष थपिने भएकोले सरकारले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए । उनले थपे, ‘पुँजीगत खर्च हुन सक्दैन, अत्यन्तै कम छ, अब यसलाई बढाउनुपर्छ ।’ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved