प्रधानमन्त्रीले रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 03:13:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालबाट देश बासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

ओलीले बैशाख १ गते नयाँ वर्षको दिन मुगुको रारा तालबाट देश बासीका नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री ओली कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने र सोही स्थानबाट देशबासीको नाममा सम्बोधन गर्ने बताईएको छ । 

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ औँ महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओली आफैँले सो कुराको जानकारी दिएका हुन् । “कर्णालीप्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु, राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ” प्रधानमन्त्रीले भने । 

वर्तमान सरकार भिन्न नीति र गतिमा सञ्चालन हुने भन्दै ओलीले  “यो सरकारले नेपाल बनाउछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन्” भने । प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने भन्दै “यसपाली म एक जना बालिकालाई विद्यालय भर्ना गराउछु र देशै भरीका जनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउछु, यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं” भने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved