अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन धुर्मुस शुन्तली फाउण्डेशनले संयोजन गर्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2018 | 03:11:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेटले लक्ष्य पहिल्याएर सफलताका मार्गहरु हिडिरहेको बेलमा चर्चित हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट मैदान बनाउन आवश्यक सहकार्य गर्न तयार रहेको संकेत गरेका छन् । 

भूकम्पबाट थिलथिलो भएको मूलुकलाई पुर्ननिर्माणको गतिमा अगाडी बढाउन उल्लेख्य भूमिका निर्वाह गरेका उनले नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको थालनी पनि गरिसकेका छन् । देशका विभिन्न स्थानमा भूकम्पपछिको पुर्ननिर्माण गर्दै नमूना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गर्न सफल धुर्मुस शुन्तली फाउण्डेशन क्रिकेटको स्तर उन्नती र खेलाडिहरुको मनोबल बढाउन भन्दै ‘नमुना नेपाल’ सँगै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको संयोजन पनि गर्ने निर्णयमा पुगेको छ ।  

यसै विषयमा कलाकार सिताराम कट्टेल धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा ‘कुन चाँही पहिला ?’ शिर्षकमा लेखेको लेख जस्ताको त्यस्तै :

कुन चाँही पहिला ?

अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।

नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

सबै मिलेर निर्धा्रित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम ।

अब भन्नुहोस कुन चाँही पहिला ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved