शुक्रबारदेखि ‘नमस्ते क्रेडिट’ सेवा सूचारु हुँदै, पैसा सकिएर फोन काटिने समस्याको अन्त्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2018 | 05:16:41 PM मा प्रकाशित

laxmi  sunrise bank

दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले भोली शुक्रबारदेखी ‘नमस्ते क्रेडिट’ सेवा सूचारु गर्ने भएको छ । 

ग्राहकको सेवाका लागि टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा मार्फत सापटीको व्यबस्था गर्न लागेको हो । सेवाको नेपाल सरकारका सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले भोली शुक्रबार बिहान ९ः३० बजे उद्घाटन गर्नेछन् । 

टेलिकमले आफ्नो  १४ औंँ वार्षिकोत्सवको अवसरमा गत माघ २३ गते यो सेवाको सफ्ट लन्च गरेको थियो । तत्कालिन सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मोबाइलमा कुरा गर्दै यो सेवा सुरु गरेका थिए । यस सेवा अन्तर्गत फोन गर्दागर्दै पैसा सकिए पनि फोन काटिने छैन । तर त्यसको लागि ग्राहकले म यो सेवा लिन चाहन्छु भनेर आफ्नो मोबाइल नम्बर रजिस्टर गराउनु पर्ने हुन्छ । नम्बर रजिस्टर गरेपछि मात्र ग्राहकको पैसा सकिए पनि फोन काटिदैन । अर्थात् पैसा सकिना साथ टेलिकमले सापटी दिन्छ । यस्तो सापटी ग्राहकले अर्को पटक मोबाइल रिचार्ज गर्दा आफै काटिने छ । सापटीमा कुनै शुल्क भने लाग्ने छैन । 

कति रकमसम्म सापटी दिनेभन्ने बारे शुक्रबारको कार्यक्रममा जानकारी गराईनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved