दोस्रो राष्ट्रिय अर्ग्यानिक कृषि मेला हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 29, 2018 | 05:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनजंगा टी स्टेट एण्ड रिसर्च सेन्टरले चैत १६ देखि १९ गतेसम्म दोस्रो राष्ट्रिय  अर्ग्यानिक कृषि मेलाको आयोजना गर्ने भएको छ । पाटन दरवार स्कवायर संग्राहलय,ललितपुरमा आयोजना हुने मेलाको कृषि राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्ने छिन् । यस मेलामा देशैभरि उत्पादित अग्र्यानिक सामाग्रीहरु समावेश गरिने छ भने ५० भन्दा बढि स्टलहरु रहने छ ।

मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा   कार्यक्रम संयोजक शान्ता बाँस्कोटा कोइरालाले अर्गानिक कृषि उत्पादनलाई जोड दिने संगै राज्यलाई अर्ग्यानिक कृषि उत्पादनमा निजि क्षेत्रले गरिरहेको पहलमा हातेमालो गर्न आह्वान गरिन ।  संस्थाले गत साल २०७३ माघ १४ देखि १७ गते सम्म पाटन दरबार स्क्वायर संग्राहलयमा पहिलोपल्ट 'लेट्स गो अर्ग्यानिक' भन्ने नाराकासाथ कार्यक्रम सञ्चालन गरेको थियो । 

नेपालमा निजि क्षेत्रबाट अग्र्यानिक उत्पादनलाई आधार बनाएर आयोजना गरिएको यो नै पहिलो प्रयास भएको संस्थाले जनएको छ ।   मेलामा ५० वटा स्टल मार्फत देशभरिका विशुद्ध अर्गानिक उत्पादनलाई मेलामा राखिने भएको छ ।  मेलाको एक लाख भन्दा बढि अवलोकनकर्ताले अवलोकन गर्ने आयोजक समितिको अनुमान छ । मेला आयोजक समितिका संयोजक शाान्ता बाँस्कोटा कोइराला भन्छन्, मेला अवलोकनको लागी प्रवेश शुल्क नराखीएको हुनाले अवालोकनकर्ताको भिड लाग्ने छ ।

पाँचथर जिल्लामा रहेको यस कञ्चनजंगा टी स्टेट एण्ड रिसर्च सेन्टर नेपालकै पहिलो अग्र्यानिक चिया उत्पादन उद्योग हो । यस उद्योगले मानव स्वास्थ्यको लागी अत्यन्तै हानिकारक बिषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न र अग्र्यानिक उत्पादनलाई प्रोत्साहन स्वरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved