पत्रकार – समाजको ऐना

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2018 | 11:16:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७४ चैत १६ गते अर्थात आजकै दिनबाट स्थापनाको ६३ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका परिवर्तनकारी काममा नेपाली पत्रकारले खेलेको भूमिका निकै सह्रानीय छ । समाजमा हुनै सबैखाले कुराहरु, जस्तै : विभेद, शोषण, थिचोमिचो अदिको बारेमा जे देख्यो त्यही लेख्ने भएरै होला पत्रकारलाई समाजको ऐना भनिएको । 

नेपालले छोटो समयमा सञ्चारको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । छापा पत्रकारीता, रेडियो टेलिभिजन हुँदै विज्ञानको वर्तमान युगमा अनलाईन पत्रकारिता पनि फस्टाउँदो छ । यि सबै समयका उपज र नेपाली सञ्चार जगतले प्राप्त गरेका मुख्य उपलब्धि नै हुन् । पत्रकारितालाई समयसापेक्ष र वर्तमान युग सुहाउँदो बनाईदै छ र बन्दै पनि छ । समाजलाई अग्रणी दिशा बोध गराउनसमाजमा चेतनाको विगुल फुक्ने आँट गर्न सक्ने माध्यम पत्रकारिता नै हो । हिजो देखी आजसम्मको समयलाई हेर्ने हो भने पत्रकारिता जगत विभिन्न चुनौतीको सामना गर्दै यहाँसम्म आईपुगेको छ । अहिलेपनि नेपाली सञ्चार जगत विभिन्न खाले अवसर र चुनौतीमा गुज्रिरहेको छ ।

नेपाली जनताका प्रतिनिधिहरुले संविधानसभाबाट जारी गरेको नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको थालनी भएको छ । अझ भनौ यो व्यबस्थाको अभ्यास सुरु भएको छ । केन्द्र, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजित सरकारहरु गठन भएका छन् । लोकतन्त्र संस्थागतको अभ्यास स्वरुप निर्वाचनमार्फत चुनिएका जनताका प्रतिनिधिहरूले सत्ता सञ्चालन गरिरहेका छन । हो यसरी सत्ता सञ्चालन गर्ने क्रममा विरोध, समर्थनका आवाज अबश्य सुनिन थालेको छ । यो अबस्थामा स्थानीय स्तर देखी माथिल्लो निकायसम्म सञ्चालन भएका कामकारबाहीको नागरिक समाजको हैसियतमा बसेर स्वतन्त्र र निष्पक्ष निगरानी गर्न सञ्चार क्षेत्र कम्मर कसेर लाग्नुपर्ने देखिन्छ । निर्वाचनको दौडानमा र निर्वाचित भईसकेपश्चात जनप्रतिनिधि वा सरकार सञ्चालकले जनताका आबश्यकतामा कत्तिको मलहम पट्टि लगाउने काम गरे त्यसको लेखाजोखा गर्ने, सत्य–तथ्य सूचना प्रवाह गर्ने र जनताका आवाज राज्यका निकायसम्म पु¥याउन पत्रकारले अझ बढी सशक्त, चनाखो र संवेदनशील बन्न जरुरी छ । विषयगत पत्रकारितामा बढी जोड दिई आफूले राजेको क्षेत्र र काम गर्न सक्छु भन्ने लागेको विधामा कलम चलाउन पनि अब लाग्नुपर्छ । विषय विज्ञता नहुदा नहुदै पनि सबै क्षेत्रमा काम गर्नुपर्ने बाध्यता छ, तरपनि आफूलाई एक क्षेत्रमा दक्ष बनाउन लाग्नुपर्छ । यसो भयो भने आगामी दिनमा सबैले बराबर सम्मान र अवसर पाउन सक्छन् । पत्रकारले विकास र सम्वृद्धिका पक्षमा आफ्नो जिम्मेवारी बहन गर्ने बेलाको सुरुवात भएको छ, यस अवसरलाई सदुपयोग गरी कार्यसम्पादनमा लाग्न पत्रकार र सञ्चारकर्मी अथवा आम सञ्चार क्षेत्र क्रियशिल हुनुपर्छ ।  

सरकारले पनि पत्रकारिता क्षेत्रलाई हेर्ने नजर फरक छ । राष्ट्रिय आमसञ्चार नीति २०७३ कार्यान्वयन गरेरसोही नीति अनुसार सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्था गरिनुपर्छ । केही समयदेखी प्रेस स्वतन्त्रता हननका घटना बढेको सुनिदै आईएको छ । यो निकै दुर्भाग्यपूर्ण छ । श्रमजीवी पत्रकारहरूका समस्याले समाधानको बाटो कहिल्यै पहिल्याउन लगाउन सकेनन् । यस्तो अबस्थामा नेपाल पत्रकार महासंघ, सूचना विभाग र प्रेस काउन्सिल लगायत पत्रकारहरुका साझा संस्थाले सूचना तथा सञ्चार मन्त्रालयमार्फत सबैका अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने सञ्चार क्षेत्रका समास्या बारे नेपाल सरकारलाई जानकारी गराउनुपर्छ । हुन त सरकार यी समस्या बारे पक्कै जानकार छ, ठूला भनिएका र नाम चलेका पत्रकारले कमाउने अनि उनीहरु आफैँ मिडीयाको मालिक हुने प्रवृत्तिले समस्या समाधान नभएको हो । 

सबैलाई बराबरी हिस्सा र महासंघको नजरमा सबै उत्तिकै सम्मानित छ र हुन्छ भन्ने बनाउन सबै सञ्चारकर्मी र सञ्चार गृहलाई एउटै व्यबहार गरिनुपर्छ । सञ्चारकर्मीहरु आजभोली बढी मात्रामा कोही कसैका अझ भनौ आफूनिकटका गल्ती र कमजोरी लुकाउन बढी प्रयोग हुन्छन् । यो क्रम अब रोक्नुपर्छ, र पत्रकार बास्तवमै समाजको ऐना बन्नुपर्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved