टेलिकमको सापटी सेवा सुरु, कुरा गर्दा गर्दै पैसा सकिए पनि फोन नकाटिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 11:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल टेलिकमले आज शुक्रबारबाट ‘नमस्ते क्रेडिट सेवा’ संचालनमा ल्याएको छ। यस सेवा सुचारु भएसंगै मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्याको अन्त्य भएको छ । शुक्रबार सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरेका हुन्।

यो सुबिधा लिनु अघि ग्राहकले आफ्नो मोबाइल नम्बर रजिस्टर गरानु पर्छ । आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा एसएमएस पठाएर नम्बर रजिस्टर गर्न सकिन्छ । त्यस्तै सेवा लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् ।

यो सुविधाअन्तर्गत टेलिकमले पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ दिने छ। कुरा गर्दै गर्दै ब्यालेन्स सकिएको खण्डमा पनि क्रेडिट टक टाइम कायम रहेसम्म फोन काटिदैन  ।   ग्राहकले पाउने रकमको सिमा भने ग्राहकपिच्छे फरक-फरक रकमको सीमा तोकिनेछ ।  रिचार्ज इतिहास हेरेर उक्त रकम टेलिकमले तोक्ने छ  ।

ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने  छ । यसमा अतिरिक्त शुल्क भने लाग्ने छैन । अर्थात् जति क्रेडिट लिएको हो त्यति मात्रै त्रिनु पर्छ ।

 नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेका प्रिपेड ग्राहकले मात्रै यो सेवा पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved