सय दिनमा के के गर्दैछ पर्यटन मन्त्रालय, हेर्नुहोस् मन्त्रालयका कार्यक्रम

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2018 | 12:18:31 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय दिने कार्यक्रम सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार पर्यटन बोर्डमा एक कार्यक्रम गरी सरकार बनेको गठन भएको सय दिन भित्र पूरा हुने कामहरुबारे जानकारी गराएको हो ।

मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार, भुकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण,  राष्ट्रिय गौरबका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन लगायतका कामहरु १ सय दिनभित्र सम्पन्न गर्ने बताएको छ । रानीपोखरीको पुनर्निमाणमा देखिएको विवाद समाधान गरि सय दिन भित्र पोखरीको बीचमा रहेको यमलेश्वर मन्दिरको पुननिर्माण सक्ने मन्त्रालयले बताएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा देखिएको समस्या समाधान गर्न कम्तिमा दैनिक २१ घण्टा विमानस्थल संञ्चालन गर्ने, आन्तरिक उडानलाई स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको ठूली चौर र सम्भावित स्थानको अध्ययन गर्ने मन्त्रालयले जनाएको छ । सय दिन भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी तय गरेर सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनीसँगको दायित्व व्यवस्थापन गर्ने मन्त्रालयको योजना छ ।

मन्त्रालयले संस्कृति संरक्षण र प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाहरु संरक्षण, अभिलेखको डिजिटाईजेसन र सुदृढीकरण, संग्रहालयको निर्माण तथा व्यवस्थापन, पर्यटकीय तथ्यांक अद्यावधिक कार्य, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता, एकीकृत पर्यटन पूर्वाधार विकास, , पर्यटन प्रवद्र्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण, हवाई उद्योग व्यवस्थापन , प्राधिकरण सुदृढीकरण एवं विमानस्थल निर्माण सुधार र नेपाल बायूसेवा निगमको सुदृढीकरणका  १८ वटा  विषय एक सय दिन भित्र सम्पन्न गर्ने कार्ययोजनामा समावेश गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सार्वजनिक गरिएका सबै कामहरु सय दिन भित्र पूरा हुने विश्वास व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved