ओलीको भारत भ्रमण तालिका सार्बजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 03:18:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेको छ ।  आज परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्ने जनाएको हो ।  ओलीको यस राजकीय भ्रमणमा उनकी पत्नी राधिका शाक्य, नेपाल सरकारका मन्त्री, सांसद, सचिव र अन्य उच्च पदस्थ कर्मचारी रहने छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति एम भेनाकाही नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्री हरुसंग भेट वार्ता गर्ने छन् ।ओलीले भ्रमणका क्रममा पटनागर रउत्तराखण्डको भ्रमण गर्ने र गोविन्द बल्लभ पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने मन्त्रालयले जनाएको छ । 

आज नै भारतको विदेश मन्त्रालयले पनि प्रधानमन्त्री ओलीको भ्रमणको भ्रमण तालिका सार्वजनिक गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved