कांग्रेस नेता खुमबहादुर खड्काको निधन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 05:41:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएको हो  ।

 कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो । खड्काकाे केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । तर, स्वास्थ्यमा सुधार अाउन सकेकाे थिएन । अार्इसियूमा राखेर उपचार गर्दा पनि सुधार नअार्इ थप जटिल बनेपछि केही दिनदेखि भेन्टिलेटरमा राखिएकाे थियाे ।

उनलार्इ मिर्गौला, छाती र नशाको समस्या थियाे । काठमाडाैंकाे नर्भिक इन्टरनेशनल अस्पतालले रिफर गरेपछि उनलार्इ एपाेलाे लगिएकाे थियाे ।

खड्का शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा गृहमन्त्री बनेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved