अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउँदै धुर्मुस–सुन्तली फाउण्डेशन, सहयोग गर्ने सरकारको घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 31, 2018 | 03:07:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन धुर्मुस–सुन्तलीलाई सरकारले सहयोग गर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले हास्यँ कलाकार सिताराम कट्टेल(धुर्मुस)सँग भेट गरी क्रिकेट मैदान बनाउन सरकारले आबश्यक सहयोग गर्ने बताएका हुन् ।  भेटमा प्रधानमन्त्रीले आफ्नो भारत लगत्तै रंगशाला आबश्यक पुर्वाधार र लागत अनुमानमा सरकारले विशेष ध्यान दिने बताएका हुन् । 

भूकम्पपछि क्षतिग्रस्त भएका ४ वटा बस्तीको पुनः निमार्ण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेसनले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने तयारी थालेको छ । ‘नमुना नेपाल’ निर्माणको क्रममा रहेको फाउन्डेसनलाई नागरिकले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सुझाव दिएपछि फाउन्डेसन त्यता तर्फ अघि सरेको छ । केही दिन अघि धुर्मुसले सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय स्तरको क्रिकेट रङ्गाशाला बनाउने तयारीमा रहेको जानकारी गराएका थिए । 

प्रधानमन्त्रीले धुर्मुसलाई क्रिकेट रङ्गाशाला बनाउन लाग्न आग्ह गर्दै सरकारले आवश्यक सहयोग गर्ने बचन दिएका छन् । प्रधानमन्त्रीको सुझाव र आग्रहपछि थप उर्जा थपिएको धुर्मुसले बताए । ‘अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला पनि नमुना नेपालको आधारभुत आवश्यक्ता नै रहेको भन्दै ‘अन्तराष्ट्रिय क्रिकेट रंगशाला पनि नमुना नेपालको आधारभुत आवश्यक्ता नै रहेको भन्दै धुर्मुसले धेरैले सहयोगको प्रतिवद्धता जनाएकोले काम सुरु गर्न लागिएको पनि बताए । 

धुर्मुसले रगंशालाको नाम ‘लर्ड बुद्ध अन्तराष्ट्रिय रंगशाला’ राखिने पक्का भएको तर  कहाँ बनाउने भन्ने विषयमा निर्माण समिति गठन भएपछि मात्रै छलफल गरेर टुङ्गो लगाउने जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved