२ महिनामा काठमाडौं फ्रि वाईफाई जोन बन्दै, काठमाडौं महानगर र वल्र्ड लिंकबीच भयो सहमति

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 01, 2018 | 05:04:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी २ महिनाभित्र काठमाडौँका मुख्य स्थानमा फ्रि वाईफाई सेवा सञ्चालन हुने भएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन हुने भएको हो । 

काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लि बीच पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भू लगायतका काठमाडौं महानगरपालिका भित्रका ६ स्थानमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्ने समझदारी भएको हो । आईतबार सुन्धरास्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रालिका निर्देशक विजयकुमार जलानले समझदारी पत्रमा हस्ताक्षर गरे । बसन्तपुर हनुमानढोका दरबार क्षेत्र, शंखपार्क र बालाजु बाईसधाराको बगैँचामा पनि ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गरिनेछ । 

काठमाडौंलाई फ्रि वाईफाई जोन बनाउन मुख्य ६ वटा स्थानमा फ्रि वाईफाई सेवा संचालन गर्न लागिएको महानगरपालिकाका मेयर शाक्यले जानकारी दिए । वल्र्ड लिंक कम्युनिकेशन प्रालिका निर्देशक जलानले गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने बताएका छन् । 

समझदारी गरिएको ६० दिन भित्र ६ वटै स्थानमा सेवा संचालन गर्नुपर्ने र ९० भित्र सेवा संचालनमा नआए सम्झदारी स्वतः खारेज हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved