संयुक्त अरब इमिरेट्स (युएई) सरकारले बिदेशी कामदारलाई असल चारित्रिक प्रमाणपत्रको प्रहरी रिपोर्ट बुझाउने पर्ने नियमलाई तत्कालको लागि खारेज गरेको छ ।
अर्को सूचना जारि नभएसम्मका लागि अप्रिल १ देखि लागू हुने गरि तत्काललाई यो नियम खारेज गरिएको जनाइएको छ। दुवई सरकारले गत माघ २२ गते अर्थात फेब्रुअरी १८ मा बिदेशी कामदारलाई अनिवार्य प्रहरी प्रतिवेदन पेश गर्नु पर्ने नियम ल्याएको थियो।
युएईको मानव संशाधन मन्त्रालयले अप्रिल १ तारिक देखि लागू हुने गरी यस अघी लागु गरिएको नियमलाई खारेज गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएको छ । ‘अर्को सुचना जारी नभएसम्मका लागि यो व्यवस्था स्थगित गरिएको छ’ ट्वीटरमा भनिएको छ ।
प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने नाममा रोजगारीका लागि दुबई जाने नेपाली कामदारबाट प्रति व्यक्ति ४ हजार ३ सयको उठाईदै आएको थियो। गत फेब्रुअरी ४ देखी लागू गरिएको यस नियमको वैदेशिक रोजगार व्यवसायी संघ लगायतका नेपाली संघ संस्थाले बिरोध गर्दै आएको छ। यो व्यवस्था खारेज भएसंगै करिब ५० हजार नेपाली कामदारको २१ करोड ५० लाख रकम व्ययभार घटेको छ।