सरकारले सार्वजनिक गर्यो २०७५ सालभरिको बिदा (सुची सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 01, 2018 | 07:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २०७५ सालको सार्वजनिक विदाको सुची निकालेको छ। आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । सरकारले यस अघि दिंदै आएको सार्वजनिक बिदा कटौती गरि विदाको नयाँ सुची सार्वजनिक गरेको हो। 

सरकारले सार्वजनिक गरेको विदाको सुची अनुसार वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ ।

सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा दिइएको छ। त्यस्तै दसैँ बिदा असोज ३० देखि कात्तिक ३ तथा तिहार बिदा कात्तिक २१, २२ र २३ गते हुनेछ।

असोज २३ गते संविधान दिवसको दिन देशभरी नै राष्ट्रिय दिवसको बिदा हुनेछ भने दिवस बिदा अन्तर्गत मजदुर दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको दिन देशभरी नै बिदा दिइएको छ ।

यसैगरी बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ ।

मंसिर १७ गते अपांगता भएका कर्मचारीका लागि बिदा हुनेछ । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौती गर्दै वर्षमा ८९ दिन मात्र सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । यसअघि वर्षको १ सय ४ दिन सार्वजनिक बिदा हुँदै आएको थियो।

सरकारले २०७४ सालमा १ सय ३ दिन बिदा दिएको थियो तर आगामी २०७५ सालमा भने २२ दिन घटाएर ८१ दिनमात्रै बिदा दिने निर्णय गरेको हो। यसरी निर्णय गरिएको बिदामा ५२ दिन शनिवार हुनेछ भने बाँकी २९ दिन चाडपर्व तथा दिवसको विदा हुनेछ। २०७४ सालमा ५२ दिन शनिबार तथा चाडपर्व र दिवस ५१ दिन गरी १ सय ३ दिन सार्वजनिक बिदा दिइएको थियो।

राजपत्रमा प्रकाशित बिदाको सूचि हेर्नुहोस्  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved