पुनर्निर्माणमा तिब्रता: कानुन संसोधन गरेर सहज रुपमा अनुदान उपलब्ध गराउन प्रमको निर्देशन

परिषदमा १४ जना सांसद मनोनित
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 02, 2018 | 08:54:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुनर्निर्माणको कामलाई तिब्रता दिन निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र पुनर्निर्माणको कार्यलाई टुंगोमा पुर्याउन पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका हुन। 

प्रधानमन्त्री ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिई तिब्र गतिमा अघि पुर्याउन निर्देशन दिएका हुन। विद्यमान कानुनि व्यवस्थालाई संसोधन गरेरै भएपनि सहज रुपमा पुनर्निर्माणको काम एक बर्षभित्र टुंगोमा पुर्याउन प्रधानमन्त्री ओलीले प्राधिकरणलाई निर्देशन दिएका हुन।   

राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श समितीको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफु सन्तुष्ट नरहेको बताएका हुन। 'निर्माणको काम धिमा गतिमा भयो' प्रधानमन्त्री ओलीले भने 'यसलाई गति दिनुपर्छ।'

 कतिपय पिडितले मापदण्ड नपुर्याई घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोकेको प्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भूकम्प पिडितले अहिलेसम्म आफ्नो बस्ने बास बनाउन नसक्नुमा प्राधिकरणको पनि कमजोरी भएको बताए।

'कानुनि व्यवस्थाले अप्ठ्यारो भएको हो भने संसोधन गरेर भएपनि सहज र सरल तरिकाले पुनर्निर्माणको काम छिटो सम्पन्न गर्नुहोस, यहि काममा मात्र अल्झिने समय छैन' प्रधानमन्त्री ओलीले प्राधिकरणलाई निर्देशन दिंदै भने।  

'भूकम्प गएको तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुदैन' प्रधानमन्त्री ओलीले भने 'निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्दछ ।'

पहिला देखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउनुपर्ने प्रधानमन्त्री ओलीले बताए । “त्यस्ता स्वबासीहरु अनुचित ढंगले बसेका होइनन् भने धनीपूर्जा नभए पनि अनुदानको रकम उपलब्ध गराउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “यसमा ऐन कानुनले केही अफ्ठ्यारो पार्छ भन्ने सच्याएर अरुले पाए सरह सुबिधा दिने व्यवस्था गर्नुपर्दछ ।”

परिषदमा १४ जना सांसद मनोनित

सरकारले पुनर्निर्माणको कामलाई तिब्रता दिन भूकम्पबाट अति प्रभावित १४ जिल्लाका निर्वाचित जनप्रतिनिधिलाई पुननिर्माण प्राधिकरण परामर्श समितीमा मनोनित गरेको छ। 

मनोनित भएका १४ सांसदले अब समितिमा प्रत्यक्ष रुपमा सहभागी भएर पुनर्निर्माणको कामलाई तिब्र रुपमा अगाडी बढाउन सहयोग प्राधिकरणलाई सहयोग गर्नेछन।   


मनोनित हुने १४ सांसदमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्याम कुमार श्रेष्ठ, अग्नी सापकोटा, गंगाबहादुर तामाङ, हरिबोल गजुरेल, प्रेम सुवाल, गगन कुमार थापा, मोहन आचार्य, भूमी त्रिपाटी, हितबहादुर तामाङ, पमफा भूसाल, बिरोध खतिवडा र हरिराज अधिकारी रहेका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved