कोरिया जनाको लागि ८२ हजारले दिए आवेदन, ७ हजार मात्र उतिर्ण हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 02, 2018 | 12:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस)  अन्तर्गत कोरिया जानका  लागि गत बर्षभन्दा यो बर्ष ७ हजार बढी युवाहरुले भाषा परिक्षाको आवेदन भरेका छन् । यो बर्ष ८२ हजार २ सय ६४ जनाको भाषा परिक्षा आवेदन परेको छ । 

चैत ९ गतेदेखि १७ गतेसम्म इपिएस नेपालले भाषा परिक्षा अवेदनको लागी अनलाईन आवेदन खुल्ला गरेको थियो । जसअन्तर्गत ८२ हजार २ सय ६४ जनाले भाषा परिक्षाको आवेदन भरेको इपिएस नेपालका प्रवक्ता शोभाकर भन्डारीले  बिजपाटीलाई जानकारी दिए । गत बर्ष भने ७५ हजार ५ सय ८०  जनाले आवेदन भरेका थिए । 

इपिएस नेपालका अनुसार, कृषितर्फ ३० हजार १७९ जना पुरुष र ९ हजार ४६१ जना महिला गरि गरि ३९ हजार ६ सय ४० जनाको भाषा परिक्षा आवेदन परेको छ । यसैगरि उत्पादनमुलक तर्फ ४२ हजार ६२४ जनाको आवेदन परेको छ । 

  अब भाषा परिक्षा भने जेठ २६ र २७ गते हुनेछ । परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ । तर पोखरामा भने १२ हजार जनाले मात्र परीक्षा दिन पाउनेछन् ।  

कोरियाले यसपटक कुल ७ हजार १०० जना उत्तीर्ण गर्ने  बताइको छ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ ।

 परिक्षा स्थल जेठ १८ मा जानकारी गराइने वताइएको छ । भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५÷२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved