बढे मलेसिया जाने कामदार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 02, 2018 | 03:49:32 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आ.व.को फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए। “विकसित मुलुकमा श्रमिकको माग कम भएकै कारण विदेश जानेको संख्या पनि कम छ”, पाण्डेले भने । 

मन्त्रालयको तथ्यांकअनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ । कतारमा यो वर्षमात्र ८१ हजार ३६४ जना गएका छन् । आव २०७०र७१ मा मलेसिया जानेको संख्या दुई लाख १४ हजार १४९ थिए भने आव २०७२र७३ मा ६० हजार ९७९ मात्र थिए। अघिल्लो वर्षको तुलनामा भने यो वर्ष मलेसिया जानेको संख्या बढी हो । 

त्यस्तै २०७० र ७१ मा कतार जानेको संख्या एक लाख २८ हजार ८७४ थियो भने आव २०७२र७३ मा एक लाख २९ हजार ३८ पुगेका थिए । 

(रासस)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved