अन्तर्राष्टिय औद्योगिक व्यपार मेला हुदै, यस्ता छन् आकर्षण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 02, 2018 | 04:56:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घरेलु तथा साना उद्योग महासंघले १४ औं अन्तर्राष्टिय औद्योगिक व्यपार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गर्ने भएको छ । 

मुलुकभरका उद्यमीहरु,उपयुक्त प्रविधि प्रयोगकर्ताहरु,निर्यतजन्य वस्तु उत्पादन गर्ने उद्यमीहरु,महिला उद्यमीहरुलाई हौसला प्रदान गर्न तथा एक अर्कावाट ज्ञान र सीप आदानप्रदान गर्न र बजार सञ्जाल विस्तार गर्न यो प्रदर्शनीको आयोजना गरिएको हो । सरकारी निकायमा स्वदेशी वस्तुको उपभोगलाई प्रभावकारी बनाउना,स्वदेशी वस्तुको उपयोगलाई राष्टिय अभियानको रुपमा सञ्चालन गर्नु यो मेलाको उद्धेश्य रहेको छ । बैंशाख १४ देखि १८ गतेसम्म काठमौंको भृकुटिमण्डपमा हुने यस मेलामा ७ करोडभन्दा बढीको कारोवार गराउने लक्ष्य आयोजकले राखेको छ । मेलामा उत्पादित सामग्रीहरु मत्र नभइ प्रविधिलाई पनि समावेश गराइने छ । भारत, पाकिस्तान, बंगलादेश लगाएत सार्क मुलुकमा उत्पादित सामाग्रीहरु प्रदर्शनीमा राखिने छ ।

चीन तथा सार्क मुलुकहरुको उपस्थिति रहने यस प्रदर्शनिमा २५० वटा स्टल रहने छ भने २ लाख भन्दा बढिले अवलोकन गर्ने आयोजकको भनाई छ । 


 प्रदर्शनिकै बिच त्रिभुवन विश्वविद्यालय , व्यवहारीक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको नेतृत्वमा विभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने छ । साथै नेपालमा सञ्चालित लघु,घरेलु तथा साना उद्योग लगाएत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरि अन्तरक्रिया, छलफल,रोजगारि मेला लगायतका विविध कार्यक्रमहरु प्रदर्शनिका महत्वपूर्ण कार्यक्रमहरु रहेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयेजना गर्ने यस मेलामा सह आयोजकको रुपमा नेपाल सरकार लगाएत उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालय,व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, राष्टपति महिला उत्थान कार्यक्र तथा सरकारी गैरसरकारी संघसस्थाहरु प्रवद्र्धक र सहयोगीको रुपमा रहने छ ।  कार्यक्रम अवलोकन गर्नको लागी सर्वसाधारणलाई प्रति व्यक्ति रु ५० र विद्यार्थीको लागी रु २५ तोकिएको छ भने विशेष पासको पनि व्यवस्था गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved