बढ्यो डिजेल र पेट्रोल मूल्य, हेर्नुहोस अब कति पुग्यो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 02, 2018 | 07:07:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल र डिजेलको मुल्य वृद्धि गरिएको निगमले जनाएको छ। 

डिजेल र पेट्रोलमा प्रतिलिटर दुई-दुई रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए। नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य लिटरका एक सय पाँच रुपैयाँ र डिजेलको मूल्य ८५ रुपैयाँ पुगेको छ।  

प्रवक्ता गोइतका अनुसार इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट मूल्य बढेर आएपछि मुल्य नेपालमा पनि पेट्रोल र डिजेलको मुल्य बढाईएको हो। अन्तर्राष्ट्रिय तेल बजारमा पेट्रोल डिजेलको मुल्य बढेकाले मुल्य समायोजन गरेको निगमले जनाएको छ। पेट्रोल र डिजेलको मुल्य बढेपनि मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ। 

निगमले यस अघि गत फागुन २० मा पेट्रोल र डिजेलमा प्रति लिटर एक रुपैयाँ घटाएको थियो। मुल्य समायोजन पश्चात निगमको पाक्षिक नाफा २० करोड रहेको छ। निगमलाई अहिले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ १० पैसा नाफा, डिजेलमा प्रति लिटर ९६ पैसा घाटा र ग्यासमा प्रति सिलिन्डर ६२ रुपैयाँ घाटा रहेको छ। 

मूल्य समायोजन गर्दा पेट्रोल भारतमा भन्दा २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा नेपालमा सस्तो रहेको निगमका प्रवक्ता गोइतले बताए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved