भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थप

असारसम्म भूकम्प पीडितलाई छानामुनि ल्याउन प्रधानमन्त्रीको निर्देशन
निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 10:57:04 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद थपिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेसँगै अब भूकम्प पीडितले असार मसान्तसम्म दोस्रो किस्ता लिन सक्नेछन् । 

यसअघि तोकिएको चैत मसान्तसम्म सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको समितिले जनाएको छ । समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सबै भूकम्प पीडितलाई छानामुनि ल्याउन निर्देशन दिएका छन् । भूकम्प पीडितलाई छानामुनि ल्याउने अभियानमा देखा परेका सबै बाधा अड्चन तुरुन्तै फुकाइने प्रधानमन्त्रीले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved