हेर्नुहोस् मंगलबारको मन्त्रीपरिषद् बैठकका निर्णय

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 12:36:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । चैत २३ देखि २५ सम्म हुने प्रधानमन्त्रीको भारत भ्रमणमा तीन जना मन्त्री पनि सहभागि हुने भएका छन् । 

त्यस्तै बैठकले चिकित्सा शिक्षा र वेपत्ता सम्बन्धि विधेयक आज बस्ने संसद बैठकमा टेवल गर्ने निर्णय गरेको छ । भुक्तानी प्रणाली व्यवस्थित गर्न भुक्तानी तथा फछ्र्यौट विधेयक स्वीकृत गर्र्दै महान्यायाधीवक्ता अध्यक्ष रहने विधेयक सहजीकरण समितिको सदस्यमा कमल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठकले एडीवीले दिन लागेको १० मिलियन डलर अनुदान स्वीकार गर्ने र अर्को व्यवस्था नभएसम्म चैत २८ बाट हटाउने भनिएका जिल्ला शिक्षा कार्यलय यथावत राख्ने निर्णय गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved