श्वेतपत्र अतिरञ्जनापूर्ण भएको कांग्रेसको आरोप

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 03, 2018 | 01:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ । 

बैठकको विशेष समयमा काँग्रेसका डा मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए । 

नेकपा (एमाले)का मोहन बानियाँले दुर्गम क्षेत्र विकास समिति खारेज गर्न नहुने बताए । नेकपा (माओवादी केन्द्र) का अग्निप्रसाद सापकोटाले भूकम्प एवं अन्य प्राकृतिक प्रकोपपीडित जनता हालसम्म पूर्ववत् जीवनमा फर्कन नसकेको बताउँदै चीनसँगको तातोपानी नाका तत्काल खुलाउन आग्रह गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved