पाँचतारा साकोसको आयोजनामा बृहत्त रक्तदान, पाँच पटक रक्तदान गर्नेलाई चाँदीको सिक्का उपहार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 03, 2018 | 10:03:34 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६१ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको दशौं वार्षिकोत्सवको अवसर पारेर पाँचताराले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

 नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ११५ भन्दा बढीले रक्तदान गरेको संस्थाले जनाएको छ । रक्तदाताहरुलाई उत्प्रेरणा जगाउन रक्तदान गर्नेहरुलाई प्रमाणपत्र र टिसर्टको समेत व्यवस्था गरेको संस्थाकी व्यवस्थापक राधा कडरियाले बताइन् । 

हरेक वर्ष रक्तदान गर्नेहरुको संख्या बढिरहेको उनले जानकारी दिइन् । संस्थाले पाँच पटक रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का उपहार दिँदै आएको बताईएको छ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विगत ९ वर्षदेखि हरेक साल चैत्र २० गते नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष भोलानाथ पाठकले बताए । 

अहिले पनि रगतको अभावमा कतिपय घाइते, सुत्केरी र विमारीको अकालमै मृत्यु हुने गरेकाले मानवीय सहायता पुर्याउने उद्देश्यले संस्थाले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्ने गरेको उनले जानकारी दिए । 

रक्तदान सम्बन्धी जनचेतनाको व्यापक वृद्धि गरी वर्तमान समयमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्न सबै संघसंस्था, क्षेत्र र समुदाय लाग्नुपर्नेमा अध्यक्ष पाठकको जोड छ । अध्यक्ष पाठक रक्तदाताहरुको छाता संगठन ब्लोदान पूर्वी भेगिय कार्यसमितिको अध्यक्षको रुपमा रहेर रगत अभावलाई न्यूनिकरण गर्न क्रियाशील रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved