सिन्डिकेट ब्यबसायीलाई झड्का, काठमाडौँ-धुलिखेल रुट इजाजत खुला, साझा पनि धुलिखेलसम्म जाने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 04, 2018 | 12:05:35 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ -बनेपा रूटमा मयुर यातयातलाई रुट इजाजत दिएको भन्दै बिरोधमा उत्रेका यातयात ब्यबसायीलाई सरकारले दरो झड्का दिएको छ  । मयुर यातयातलाई दिएको रुट इजाजत खारेज गर्न माग गर्दै कोटेश्वर पुर्व यातायात संचालन गर्ने विभिन्न समितिहरुले आज यातायात ठप्प पारेका थिए । तर सरकारले ति ब्यबसायी बिरुद्द झन् कडा कदम लिदै  अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।

यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो । काठमाडौबाट धुलिखेलसम्म ठूला गाडी संचालन गर्न चाहने व्यवसायीहरुलाई अस्थाई वा स्थाई जुन रुट मागेपनि दिने बिभागले जनाएको छ  । साथै बिभागले गाडी नचलाउने व्यवसायीको रुट परमिट खरेज गर्ने प्रकृया पनि चलिरहेको बताएको छ।

रुट इजाजत खुला गरेपछि साझा यातायातले रुट लिएर धुलिखेल सम्म नै यातायात संचालन गर्ने भएको छ । साझाले १६ वटा वस बनेपासम्म सञ्चालन गर्न लागेको   हो । विहिवारदेखि भने रत्नपार्कबाट धुलिखेलसम्म नै साझाका वसहरु चल्ने छन्।

बिभागले रुट इजाजत लिन आउने अन्य ब्यबसायीलाई पनि आज नै रुट इजाजत दिने बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved