सभामुख महराले किन भेटे मदनकृष्ण ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 05, 2018 | 04:06:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख कृष्णबहादुर महराले वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेका छन् । 

आज बिहीबार श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मदनकृष्ण लगायत परिवारजनलाई समवेदना व्यक्त गरे । नजिकको प्रिय गुमाउनु जीवनकै सबैभन्दा दुखद क्षण हुने भन्दै सभामुख महराले विज्ञानको नियमलाई कसैगरी टार्न नसकिने र धैर्यतापूर्वक सहनुको विकल्प नभएको भन्दै सान्त्वना दिए । ‘जे हुनु भइसक्यो, अब आत्मबल बलियो बनाउनुस्, महराले भने, ‘हामी तपाईंको साथमा छौं ।’ 

भेटमा हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले दुःख परेको बेला घरमै आएर सान्त्वना दिदा दिएकोमा सभामुखलाई धन्यवाद दिँदै आफ्नो आत्मबल बढेको बताए । आफूले परम्परागत र गलत संस्कारहरु तोड्ने प्रयास गरिरहेको भन्दै श्रेष्ठले मृत्यु संस्कारमा केही परिमार्जन गर्न खोजेको पनि जानकारी गराए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved