सामाजिक सुरक्षा भत्ताको यो सास्ती, बृद्धभत्ताका लागि ५ अर्ब अपुग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 05, 2018 | 10:24:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षमा बृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै ५ अर्ब रुपैयाँ अपुग भएको छ ।केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा ३९ अर्ब रकम वितरण गर्नुपर्ने अनुमान गरे पनि ३६ अर्ब मात्र विनियोजन गरेकाले रकम अपुग भएको हो ।

‘अपुग रकमका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसक्यौं’ विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले भने,’अपुग रकम रु चार खर्ब ६१ करोड निकासाको प्रतिक्षामा छौँ ।’

‘पहिले विभागबाट नै गाविस र नगरपालिकामा रकम जान्थ्यो, अहिले अर्थ मन्त्रालयबाट सीधै स्थानीय तहमा जान्छ ‘– उनले भने । सीधै स्थानीय तहमा जाने हुँदा विभागले रकमका लागि पत्राचार मात्र गर्ने गरेको छ ।

विभागले ९ किसिमका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । चालु आवको फागुनसम्मको तथ्याङ्कअनुसार ज्येष्ठ नागरिक भत्ता पाउने दुई लाख ५९ हजार ८६१ छन् । जेष्ठ नागरिक दलितमा एक लाख आठ हजार ६४४, बिधवामा पाँच लाख ६७ हजार ८८०, एकल महिलामा एक लाख आठ हजार ६४४ छन् ।

त्यस्तै पूर्ण अपाङ्गता भएका ३९ हजार ६५५ र आंशिक अपङ्गता ६३ हजार २९७ छन् । लोपन्मुख जनजाति आदिवासीमा २४ हजार ६२३, दलित बालबालिकामा चाार लाख ८६ हजार ३०० रहेका छन् । त्यस्तै औषधि उपचारवापतको रकम पाउने ११ लाख १२ हजार ९७ छन् ।

सरकारले ७० वर्ष नाघेकालाई वृद्धभत्ता प्रतिव्यक्ति १ हजार हजार मासिक तथा औषधि उपचारका लागि एक हजार गरी जम्मा दुई हजार र ६० वर्ष नाघेका दलितलाई १ हजारका दरले तथा अविवाहित र सम्बन्ध विच्छेद गरी बसेका ६० वर्षमाथिका महिलालाई १ हजारका दरले भत्ता दिँदै आएको छ ।

त्यसैगरी पूर्ण अपाङ्गता भएकालाई मासिक २ हजार , आंशिकलाई ६ सय, लोपन्मुख जनजाति आदिवासी सबैलाई मासिक २ हजार, दलित बालबालिकालाई मासिक ४ सय र पछाडि परेका जिल्ला अछाम, बझाङ र रौतहटका प्रत्येक व्यक्तिलाई मासिक ४ सय दिने गरेको छ ।

सरकारले पछाडि परेका अन्य छ जिल्लाका नागरिकलाई पनि मासिक रु चार सयका दरले भत्ता दिने विषयमा छलफल अघि बढाइरहेको छ । ती जिल्लामा जाजरकोट, कैलाली, बाजुरा, डोटी, सर्लाही र महोत्तरी छन् । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved