‘फ्रि टिकट’को व्यवस्था परिमार्जन गर्न वैदेशिक रोजगार व्यवसायीको आग्रह

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 09:29:34 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार व्यवासायीले ‘फ्री टिकट’को व्यवस्था परिमार्जन गर्न आग्रह गरेका छन् । ‘फ्री भिसा’को व्यबस्था यथावत राखेर ‘फ्रि टिकट’को विषयमा सोच्न उनीहरुले आग्रह गरेका हुन् । 

रोजगारदाता कम्पनीहरुले निशुल्क हवाई टिकट नदिए भारत वा अन्य मुलुकमार्फत कामदारले नै भाडा तिरेर जान सक्ने व्यवस्था गर्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको माग छ । फ्री भिसाको व्यवस्था आफूहरुले मानेको तर फ्रि टिकेटको व्यवस्था भने परिमार्जन गर्नुपर्ने उनीहरुको माग छ । 

व्यवसायीहरुले रोजगारदाता कम्पनीले सेवा शुल्क उपलब्ध नगराए वैदेशि रोजगारका लागी विदेश जाने श्रमिकले पाउने एक महिना बराबरको तलव म्यानपावर संस्थाले लिन पाउने व्यवस्था गर्न पनि माग गरेका छन् । सरकारले अहिले गरेको ‘फ्री भिसा’ र ‘फ्रि टिकट’को व्यबस्थाका कारण वैदेशिक रोजगार प्रभावित भएको भन्दै संघले परिमार्जनका लागि सरकारसँग आग्रह गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved