प्रधानमन्त्री ओली ३ दिने राजकीय भारत भ्रमणमा, यस्तो छ ३ दिनसम्मको कार्यक्रम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 06, 2018 | 10:58:24 AM मा प्रकाशित

laxmi  sunrise bank

५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणको लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्ली स्थिति इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेका छन् । ओलीलाई विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । यस अघि प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं नै ओलीलाई स्वागत गर्न आउँ सक्ने चर्चा चलेको थियो । तर मोदीले आफु नआई गृहमन्त्री सिंहलाई पठाएका हुन् । 

प्रधानमन्त्रीमा निर्वाचित  भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि हुने भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज चैत २३ गतेदेखि २५ गतेसम्म भ्रमणका लागि मिति तय भएको थियो । 

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज बिहान ९ बजे भारत प्रस्थान गरेका हुन्  । उनलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए  । 

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी छन् । 

यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन् । 

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल तथा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य सहभागी छन् । 

यस्तै, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतो पनि भ्रमण दलमा सहभागी छन् । 

यस्तै, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपालका सञ्चारकर्मीको समेत भ्रमण दलमा सहभागिता रहेको छ । भ्रमण दलमा कलाकार राजेश हमाल र निर्देशक दिनेश डिसी पनि सामेल छन् । 

भ्रमणमा नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौजनाको पनि सहभागिता रहनेछ ।  

यस्तो छ ओलीको ३ दिनको कार्यक्रम । 

चैत २३ शुक्रवार 
  विहान पौने ११ बजे दिल्ली अवतरण
 पौने १ बजे होटल ताज प्यालेसमा इन्डिया नेपाल विजनेस समिटमा सहभागी
०  साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया
०  साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता
०  नेपाली दुताबासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी

चैत २४ गते शनिवार 
०  विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन
०  साँढे ९ बजे राष्टपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट
०  सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्धारा शिष्टाचार भेटवार्ता
०  ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन
०  साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता
०  सवा १२ बजे रिमोटद्धारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी उद्घाटन र प्रेस ब्रिफिंग
०  साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट
०  साढे ७ बजे गृहमन्त्री राजनाथ सिंहद्धारा शिष्टाचार भेट
०  साँझ इन्डिया फाउण्डेशनको कार्यक्रममा सम्बोधन

चैत २५ गते आइतवार
०  विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने,
०  दिल्ली हुँदै ६ बजे स्वदेश फिर्ता

 ओली आज शुक्रबार भारतीय उद्योगी व्यवसायीसँग पौने १ बजे नेपालमा लगानीको सम्भावनाबारे बृहत अन्तरक्रियामा सहभागी हुनेछन् । भारतीय विदेश मन्त्रालयको आर्थिक कूटनीति महाशाखाको संयोजनमा तथा भारतीय उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र अशोचामको संयुक्त आयोजनामा दिवाभोजसहित कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले साँझ सवा ५ बजे बाह्रखम्बारोडस्थित नेपाली दुताबासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । एमाले, माओवादी, कांग्रेस र जनमोर्चासम्वद्ध प्रबासी नेपाली संगठनले दिने ज्ञापनपत्र प्रधानमन्त्रीले लिने छन् भने उनीहरुलाई सम्बोधन पनि गर्नेछन् ।

नेपाली दुताबासले प्रधानमन्त्रीको सम्मानमा अपरान्मह ७ः३० बजे आयोजना गर्ने रात्रीभोजमा उनी सरिक हुनेछन् । रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय सहभागी हुनेछन् ।

रात्रीभोजअघि प्रधानमन्त्रीलाई भारतीय राष्टिय कंग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेताले राष्टपति भवनमा भेटवार्ता गर्ने विदेश मन्त्रालय स्रोतले बतायो । त्यही दिन भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादीका महासचिव सीताराम यचुरी, पूर्व सांसद डीपी त्रिपाठी लगायत साना दलका नेताले पनि प्रधानमन्त्रीलाई ले भेट्ने कार्यक्रम छ ।

शनिवार विहान प्रधानमन्त्री ओलीलाई राष्टपति भवनमा उच्च सैनिक गारत (गार्ड अनर ) दिनुअघि भारतका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नेछन् । शनीवारै प्रधानमन्त्रीले भारतका राष्टपति रामनाथ कोविन्द तथा पराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मोदीसँग विहान राष्टपति भवनमा एकपटक र हैदरावाद हाउसमा दुईवटा बेग्लाबेग्लै वैठक, संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा प्रधानमन्त्रीको भेट हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved