प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ अनर प्रदान, आज महत्वपूर्ण भेटवार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 07, 2018 | 09:43:17 AM मा प्रकाशित

laxmi  sunrise bank

 भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत सरकारले गार्ड अफ अनर प्रदान गरेको छ  । राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।

  गार्ड अफ अनर ग्रहण मै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा स्वागत  गरेका छन्। गार्ड अफ अनर समारोहभन्दा केही समयअगाडि मोदीले समकक्षी ओलीलाई ट्वीटरमार्फत स्वागत गरेका थिए । उनले नेपालीमा ट्वीट गर्दै  'छिमेकी मित्र राष्ट्र नेपालको प्रधानमन्त्री माननीय ओलीज्यूलाई भारतमा हार्दिक स्वागत छ।' लेखेका थिए 

गार्ड अफ अनर समारोहमा मोदीसहित भारतीय मन्त्रीहरू सहभागी थिए।

राष्ट्रपति  भवनमा शनिबार बिहान  गार्ड अफ अनर  ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति कोविन्दसँग भेट गरेका हुन्।

तीन दिने राजकीय भ्रमणमा गएका  प्रधानमन्त्री ओलीले आज भारतमा महत्वपूर्ण राजकीय भेटवार्ता गर्दै छन्।उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट वार्ता गर्ने छन् भने अपरान्ह हैदरावाद हाउसमा भारतीय समकक्षी मोदीसँग पहिला एक्लाएक्लै र पछि प्रतिनिधि मण्डलसँग  द्वीपक्षीय वार्ता हुनेछ।आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता गर्दै छन्। वार्ता दिउँसो साढे ११ बजे हैदरावाद हाउसमा हुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved