भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 07, 2018 | 10:47:29 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् ।  नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी  दिए । 

सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित  भएकोमा प्रम ओलीलाई बधाई दिएका थिए  । उनले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिएका थिए । 

भेटमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाल र भारतजस्तो सम्बन्ध संसारका अरू कुनै देशबीच नरहेको बताएका छन्।   ओलीसँगको भेटपछि ट्वीट गर्दै भारतीय राष्ट्रपति कोविन्दले यस्ता उच्चस्तरीय राजनीतिक भ्रमणले हाम्रा विशेष साझेदारीलाई दिएको महत्व दर्शाउने बताएका हुन् । नेपालको स्थीरता र आर्थिक सम्वृद्धि नै भारतीय चासो भएको उल्लेख गर्दै राष्ट्रपति कोविन्दले नेपालको आवश्यकता अनुसार सहयोग बढाउन भारत तयार रहेको पनि बताएका छन्।

यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत(गार्ड अफ अनर) प्रदान गरिएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved