नेपाल अब जलमार्गबाट पनि भारतसँग जोडिन्छ : मोदी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 07, 2018 | 01:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका लागि पनि त्यो हर्षको विषय भएको बताए। संविधान जारी भएलगत्तै नेपाललाई बधाई दिन भने भारतले मन खुम्च्याएको जस्तो देखिएको थियो। त्यसयता पनि स्पष्ट रूपमा नेपालको राजनीतिक परिवर्तनलाई भारतले स्वागत नगरेको पृष्ठभूमिमा आजको सम्बोधनका क्रममा भने मोदीले नेपाल नयाँ चरणमा प्रवेश गरेको प्रति भारत हर्षित भएको बताएका हुन्। भारत नेपालको विकासमा 'साझेदार' बन्न सक्ने बताउँदै विकाससम्बन्धी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो परिकल्पना एकअर्काको पूरक भएको उनले उल्लेख गरे। नेपालको विकासमा भारतीय साझेदारीको लामो इतिहास रहेको स्मरण गर्दै मोदीले आगामी दिनमा पूर्ण रूपमा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

उनले विकासमा भारतीय साझेदारी प्राथमिकता र आवश्यकतामा आधारित हुने स्पष्ट पारे। र, नेपाल जमिनले मात्रै नजोडिएर अब जलमार्गले पनि भारतसँग जोडिने उल्लेख गरे। दुई देशबीच कृषिमा नयाँ साझेदारी हुने जनाउँदै मोदीले अर्ग्यानिक खेती, कृषि अनुसन्धान र शिक्षामा सहयोग बढाइने घोषणा समेत गरे। अरूण तेस्रो, पञ्चेश्वरसम्बन्धी काममा तीव्रता दिइने उल्लेख गर्दै मोदीले खुला सीमाको दुरूपयोग रोक्न सहमत भएको बताए। सम्बोधनको शुरूवात र अन्त्य नेपाली भाषाबाट मोदीले सकेलगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधनमार्फत भारतको आतिथ्यका लागि धन्यवाद दिए। अंग्रेजीमा सम्बोधन गरेका ओलीले नेपाल एउटा लामो राजनीतिक संक्रमणकाल सकेर आर्थिक विकासको नयाँ चरणमा प्रवेश गरेको बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved