भारत भ्रमणमै देखियो प्रधानमन्त्री ओलीकाे नक्कली राष्ट्रवाद : कांग्रेस नेता सिंह

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 08, 2018 | 06:54:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले नक्कली राष्ट्रवादमा रमाएको आरोप लगाएका छन।  प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको राष्ट्रवाद पहिलो भारत भ्रमणसँगै उदाङ्गीएको बताए। 

उनले नक्कली राष्ट्वादको आवरणमा भ्रम नछर्न प्रधानमन्त्री ओली र एमालेसँग आग्रह गरे। पूर्व महामन्त्री समेत रहेका सिंहले गएको चुनावमा कांग्रेस पराजित हुनुको मुख्य कारण नेतृत्वको चरम अलोकप्रियता भएकाे बताए। उनले कम्युनिष्टहरुसँग प्रतिष्पर्धा गर्न सक्ने पार्टी कांग्रेसलाई बनाउन पार्टीको नेतृत्व नै परिवर्तन आवश्यक रहेको बताए। 

सिंहले कांग्रेसलाई पुरानै शैलीबाट चलाउन नसकिने भन्दै सांगठानीक सुदृढता र वैचारिक स्पष्टता आवश्यक रहेको बताए।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved