११ दिनदेखि वेपत्ता डंगोल मारिएको विवरण उनकै फेसबुकबाट सार्वजनिक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 06:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

हराएको ११ दिनपछी मारिएको विवरण उसैको फेसबुकमार्फत सार्वजनीक भएको घटना सुन्दा सायदैलाई बिश्वास लाग्न सक्छ। तर रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षीय चित्रमान डंगोलको मामिलामा यस्तै घटना घटेको छ। 

डंगोल मारिएको विवरण र तस्विर उनकै फेसबुक मार्फत सार्वजनीक भएको छ। स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको छ। 

तस्विरसंगै क्याप्सनमा डंगोललाई मारिनुको कारण समेत लेखिएको छ। भनिएको छ, 'जसरि यसले मेरो भाईको १२ बर्ष अघि पेटमा छुरी हानेको छ,भाग्यले मेरो भाई बाँच्यो र आजसम्म उ अशक्त छ, यसलाई पनि भाईकै जस्तै अवस्था बनाउने चाहाना छ' पोष्ट गर्ने व्यक्तिले लेखेको छ, 'तर यो बाँच्यो भने त मेरो बर्बाद पारिदिन्छ, यसलाई यति राम्रो मौका पाईयो,कसैले पत्ता नलागी सिद्दियो।' 

डंगोलको फेसबुकमा पोष्ट गरिएको विवरण अनुसार कसैले बदला लिन डंगोलको हत्या गरेको विश्लेषण गरिएको छ। पोष्ट गर्ने व्यक्तिले आफ्नो भाईको बदला लिएको हुन सक्ने देखिन्छ। पोष्ट गर्ने व्यक्तिले डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख गरेको छ। 

डंगोल यहि चैत १५ देखि बेपत्ता भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको छ। उनको खोजि कार्यलाउउ ब्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शरतकुमार थापा क्षेत्रीले बताएका छन।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved