भारतसँग समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ आयाम थपिनेछ: प्रम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 09:54:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–रक्सौल रेलमार्गलाई चाँडो बनाउन नेपाल र भारत दुवै मुलुकबाट छिट्टै अध्ययन हुने बताएका छन् । उनले नेपालको राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउने सोचका साथ सरकार गृहकार्यमा लागेको समेत बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग समझदारी गरेको बताए । देश र जनतालाई समृद्ध बनाउन भारतसँग गरिएको समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ आयाम थपिने उनको भनाई छ ।

सरकारले व्यवसायीको लगानी सुरक्षा गर्ने बताउँदै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास गरी रोजगारी वृद्धि गर्ने र जनताको आयस्तर बढाउने योजना सरकारले बनाएको बताए । देशमा कडा कानूनको व्यवस्था गरी कुनै पनि क्षेत्रमा अनियमितता गर्नेलाई दण्डित गरिने ओलीले प्रष्ट पारे ।

साधारण सभामा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वस्तु तथा सेवा निर्यात नगर्दासम्म मुलुकमा विदेशी विनिमय सिर्जना हुन नसक्ने भएकाले सुनको आयातमा केही नियन्त्रण गर्नुपरेको बताउँदै पछिल्लो समयमा यसको अत्याधिक वृद्धि हुँदै गएकामा चिन्ता व्यक्त गरे । महासंघका अध्यक्ष मोहन सुनारले देशभर करीब २५ हजार व्यवसायी सो व्यवसायमा संलग्न रहेको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved